काठमाडौ । काठमाडौंबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको गौरीघाट बस्ने ४० वर्षीय अम्मर बर्देवा, धादिङको गल्छी घर भई हाल सतुङ्गल बस्ने ३१ वर्षीय राजु अधिकारी, सिन्धुलीको बेलबारी घर भई महाराजगञ्ज बस्ने २३ वर्षीया सबिना कार्की र मकवानपुर घर भई हाल थानकोट बस्ने ४२ वर्षीय कालु गोले रहेका छन् ।
काठामाडौंको गौरीघाट क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले लागूऔषध पोल्याण्ड ३ केजीसहित उनीहरुलाई मंगलबार पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद २० हजार २५० र प्र ०२.०१७प ७९५० नम्बरको मोटरसाइकल समेत बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रहरी नायव उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागू औषधसहित चार जना पक्राउ
लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ