काठमाडौँ । जापानमा लागू गरिएको संकटकाल फेरी एक महिना लम्ब्याउने तयारी भएको छ । कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो ।
महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरी लम्ब्याउनु परेको अधिकारीहरूले जनाएका छन् । राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ ।
जापानका प्रधानमन्त्री योशिहिडे सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गर्नुभएको थियो । संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नु अघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्नु हुने भएको छ । उहाँले मंगलबार उनीहरूसँग छलफल गरेर मात्रै संकटकालको अवधि लम्व्याउने निर्णय गर्नुहुने अधिकारीहरूले जनाएका छन् ।
अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नु पर्ने भएको हो । जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ ।
त्यसैगरी जापानमा कोरोनाका कारण अहिलेसम्म पाँच हजार ८४६ जनाको मृत्यु भएको सोमबार बेलुकासम्मको तथ्याङ्क छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ माघ २०७७, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
जापानका राजदूतद्वारा गहवामाईको दर्शन
जापानमा बर्डफ्लूको प्रकोप, ५० हजार कुखुरा नष्ट !
जापानमा आगलागीमा परेर आठ जनाको मृत्यु
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित