काठमाडौं । निर्वाचन आयोगले निर्वाचन तयारीको सम्बन्धमा पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको छ ।
निर्वाचन आयोगले सोमबार निर्वाचन तयारीको सम्बन्धमा निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग छलफल गरेको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले अहिले देशमा राजनीतिक मुद्दाले समस्या परेको र त्यसको समाधान राजनीतिक दलहरुसँग नै भएकोले निर्वाचन आयोगलाई कुनै राजनीतिक दलले अप्ठ्यारो पार्नु नहुने बताए । राजनीतिक निकाश हुनसाथ चुनाव गर्न निर्वाचन आयोग प्राविधिक रुपमा तयार रहेको आयोगले जनाएको उनको भनाई छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए । मतपत्रको डिजाइन र पार्टी दर्ता नहुञ्जेलसम्म निर्वाचनको तयारी पूर्ण रुपमा नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेको दल विभाजित हुने हो भने विभाजनको प्रक्रियामा गएर निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने धारणा राखे । दलीय समस्या समाधान गरेर चुनावमा जानुपर्ने र त्यो गर्नसक्ने क्षमता निर्वाचन आयोगसँग रहेको उनको भनाई छ । राजनीतिक दलहरुले आफ्नो मुद्दालाई निर्वाचन आयोगको टाउकोमा हाल्नु नहुने उनले बताए ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँग आयोगले अहिलेसम्म गरेको निर्वाचनको तयारीको सम्बन्धमा जानकारी गराएको बताए । उनले प्रमुख निर्वाचन आयुक्तहरुसँगको आयोगको छलफल नियमित भेटघाटको रुपमा रहेको स्पष्ट पारे । सहायक प्रवक्ता धमलाले निर्वाचनको तयारी अघि बढिरहेको बताए । मतदाता नामावली अद्यावद्यिकको काम तथा मतदान केन्द्रको विषयमा काम भइरहेको उनको भनाई छ ।
कतिपय निर्वाचन सामाग्री मौज्दात रहेको र कतिपय खरिद गर्नुपर्ने उनले बताए । सहायक प्रवक्ता धमलाले घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्राविधिक रुपमा तयार रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १५ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन क्षेत्र अनुसार मतदाताको तथ्यांक सार्वजनिक
समानुपातिक सूचीबाट हटाइएका व्यक्तिको विवरण सार्वजनिक
आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल