काठमाडौं । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ ।
धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुको सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदे जानकारी दिए ।
सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारणसभा गर्न नसकेका यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।
यसमा पनि राष्ट्रिय बिमा कम्पनीले लामो समयदेखि धारण सभा समेत गराउन सकेको छैन । हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनु पर्नेमा यो कम्पनीले विगत ८ वर्षदेखि साधारणसभा नै गरेको छैन ।
यद्यपि, यसको सेयर मूल्य आयतबारसम्ममात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ । राष्ट्रिय बिमा कम्पनीको सीईओ डिल्लीराज अर्याल हुन् ।
उनी अर्थमन्त्रालयमा कार्यरत कर्मचारी भए पनि तत्कालिन अर्थमन्त्री डा। युवराज खतिवडाको पावर लगाएर कम्पनीको सीईओमा नियुक्त भएका थिए । राजनीतिक पहुँच दह्रो भएका उनले नियामक निकाय बिमा समितिको निर्देशन समेत अटेर गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार