कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–९ का सुरेन्द्रराम लुहार र गोपाल चन्द रहेका छन् । पक्राउ परेकामध्ये सुरेन्द्ररामबाट तीन दशमलव १८० मिलिग्राम र गोपालबाट १० दशमलव ८६० मिलिग्राम चरेश बरामद गरिएको छ ।
चरेशको कारोवार भइरहेको सूचनाको आधारमा खानतलासी गर्दा आइतबार दुबैलाई चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ माघ २०७७, १० : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ
लागुऔषधसहित प्रहरी जवानसहित ६ जना पक्राउ