काठमाडौं । नेपाल पेट्रोलियम डिलर एसोसिएसन र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ ।
नेपाल आयल निगमसँग चार बुँदे सहमति भएसँगै एसोसिएसनका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएको हो । सहमति अनुसार निगमले एसोसिएसनलाई पेट्रोलमा प्रतिलिटर १२.५ पैसा र डिजेलमा प्रतिलिटर २९ पैसा कमिशन दिने भएको छ । एसोसिएसनले भने प्रतिलिटर ५० पैसा बढाउन माग गर्दै आएको थियो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार चार बुँदे सहमति गरेसँगै एसोसिएसनले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता भएको छ । एसोसिएसनले कमिशन नबढाएको भन्दै पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध गर्ने जनाउँदै आएको थियो । बागमती प्रदेशमा आइतबार आपूर्ति ठप्प पार्ने कार्यक्रम रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०७७, ११ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि : कतिमा हुदैछ कारोबार ?
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ