पेट्रोलियम डिलर एसोसिएसनको आन्दोलन स्थगित, चार बुँदे सहमति

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, ११ : ११
पेट्रोलियम डिलर एसोसिएसनको आन्दोलन स्थगित, चार बुँदे सहमति

काठमाडौं । नेपाल पेट्रोलियम डिलर एसोसिएसन र नेपाल आयल निगमबीच चार बुँदे सहमति भएको छ ।

नेपाल आयल निगमसँग चार बुँदे सहमति भएसँगै एसोसिएसनका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएको हो । सहमति अनुसार निगमले एसोसिएसनलाई पेट्रोलमा प्रतिलिटर १२.५ पैसा र डिजेलमा प्रतिलिटर २९ पैसा कमिशन दिने भएको छ । एसोसिएसनले भने प्रतिलिटर ५० पैसा बढाउन माग गर्दै आएको थियो । 

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार चार बुँदे सहमति गरेसँगै एसोसिएसनले घोषणा गरेका सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता भएको छ । एसोसिएसनले कमिशन नबढाएको भन्दै पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध गर्ने जनाउँदै आएको थियो । बागमती प्रदेशमा आइतबार आपूर्ति ठप्प पार्ने कार्यक्रम रहेको थियो ।