घोराही । जनता समाजबादी पार्टीका संघिय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपि ओलिले बैशाखमा चुनाब गर्न नसक्ने दाबी गरेका छन ।
पार्टीले शनिबार घोराहीमा आयोजना गरेको बिरोध सभालाइ सम्बोधन गर्दै पुर्ब प्रधानमन्त्री भट्टराईले ओलिको असंबैधानिक कदमको चारैतिर बिरोध सुरु भएकाले चुनाब हुने बाताबरण अनिश्चित भएको बताएका हुन । नेता भट्टराईले ओलि सबै हिसाबले असक्षम भइसकेको भन्दै संसद बिघटन गरेर देशलाई दुर्घटनातर्फ धकेलेको आरोप लगाए ।
आन्दोलनरत दलहरुले एक्ला- एक्लै आन्दोलन गरेर आन्दोलन सफल नहुने धारणा राख्दै उनले अब कांग्रेससंग मिलेर आन्दोलन गरे सफल हुने उल्लेख गरे । ओलिले गरेको चुनाबमा कांग्रेसले कम्युनिष्ट फुटको फाइदा पाउने आशयले कांग्रेस अलमलमा परेको भन्दै ओलिले नगर्ने चुनाबको आस्वासनमा नपर्न भट्टराईले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०७७, २० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१०० दिनको समीक्षा गर्दै बाबुराम भट्टराईले भने : ‘नयाँ सरकारलाई केही समय दिन उपयुक्त
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
लामिछानेको दिल्ली भ्रमण कूटनीति दुष्चक्र तोड्न सफल होस् : बाबुराम भट्टराई
नयाँ सरकारसँग जनताको ठुलो अपेक्षा छ, नेतृत्वको ध्यान पुगोस्: डा. भट्टराई
‘बुढीगण्डकी आयोजना अघि बढाउने पहल सकारात्मक’ : डा. बाबुराम भट्टराई
रास्वपा सरकारले बुढीगण्डकी आयोजनालाई पुनः अघि बढाउने पहल गर्नु सकारात्मक : भट्टराई