सुनसान बन्यो प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय

पत्रपत्रिकाबाट

शनिबार, १७ माघ २०७७, ०७ : ५१
सुनसान बन्यो प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय

file photo

काठमाडौं । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजनामध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको थियो । १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन् । कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ । 

पानीजहाज सञ्चालन, अध्ययन र नियमन गर्न कार्यालय स्थापना भएको हो । तर कार्यालय खोल्न हतारिएको सरकारले पानीजहाज सञ्चालनसम्बन्धी कानुन अझै ल्याएको छैन । कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया दिनुहोस