एजेन्सी । भारतले स्ट्रेट अफ होर्मुजमा दुई भारतीय जहाजमाथि हमला भएको बताएको छ ।
भारतीय विदेश सचिव विक्रम मिश्रीले दुई भारतीय जहाजमाथि हमला भएको बताएका हुन् । उक्त घटनाबारे उनले नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर छलफल समेत गरेका छन् ।
''घटनाबारे इरानी पक्षसँग भारतले गम्भीर चासो व्यक्त गरेको छ,'' विदेश सचिव मिश्रीको भनाइ छ । भारतीय जहाजका कप्तानले विना कुनै चेतावनी इरानी सेनाले आक्रमण गरेको बताएका छन् ।
भारतले आफ्नो मुलुकका कार्गो पानीजहाज माथि कुनै पनि अवरोध नपुर्याउन इरानको ध्यानाकर्षण गराएको छ । ''भारतीय जहाजहरू उक्त मार्गमा निर्वाधरुपमा हिँडिरहेका थिए । यसअघि यस्तो आक्रमणको सामना गर्नुपरेको थिएन । भारत चाहन्छ यो वातावरण कायम रहोस्,'' उनले इरानी प्रतिनिधिलाई भनेको कुरा उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ बैशाख २०८३, ०६ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पानीजहाज विधेयक–२०८१ राष्ट्रियसभाबाट पारित हुँदै