संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु हो:उपराष्ट्रपति पुन

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, ११ : २९
संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु हो:उपराष्ट्रपति पुन

काठमाडौं । शहीद दिवसले संविधानको रक्षा र पूर्ण पालन गर्न सबै नेपालीलाई प्रेरणा दिने उपराष्ट्रपति नन्दबहादुर पुन पाशाङ्गले विश्वास व्यक्त गरेका छन् ।

शहीद दिवसको अवसरमा सन्देश दिँदै उपराष्ट्रपति पुनले संविधानको रक्षा गर्नु शहीदहरुको सम्मान गर्नु पनि हो भनेका छन् । तर संविधान कार्यान्वयनको चरणमै प्रश्न उठेकोमा उनले दुःख व्यक्त गरेका छन् ।

‘प्रतिनिधिसभा विघटनपछि संविधानको संरक्षण र पालन हुनुपर्नेमा त्यसो हुन नसकेको भनी प्रश्न उठ्दै र आवाज बढ्दै गएको छ । नयाँ संविधान कार्यान्वयनको प्रारम्भिक चरणमै यसरी प्रश्न उठ्नुपर्ने अवस्था सिर्जना हुनु ज्यादै दुःखद कुरा हो,’ उपराष्ट्रपति पुनको सन्देशमा लेखिएको छ ।

उनले शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता उपलब्धीहरुलाई संस्थागत गरेको संविधानको रक्षा र पूर्ण पालन गर्नु हामी सबैको दायित्व भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस