पैदल हिंड्दा तौल कम हुन्छ, जान्नुहोस् तौल कम गर्नका लागि दैनिक समय हिड्न जरुरी छ

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १२ : ५७
पैदल हिंड्दा तौल कम हुन्छ, जान्नुहोस् तौल कम गर्नका लागि दैनिक समय हिड्न जरुरी छ

काठमाडौं । मोटोपन घटाउनका लागि मानिसहरु जिम, योगा र रनिङजस्ता विधि अपनाउँछन् । इन्टरनेटमा पढेर धेरै तरिकाहरु अपनाउँछन् । तर, दैनिक रुपमा पैदल हिंडेर पनि तौल कम गर्न सकिन्छ । तौल कम गर्नका लागि कति हिंड्ने, यो प्रश्न भने महत्वपूर्ण छ । तौल घटनाउनका लागि पैदल हिंड्नु सबैभन्दा राम्रो तरिकामध्ये एक हो । यसका लागि तपाई मनदेखि प्रतिवद्ध हुनुपर्छ । पैदल हिंड्दा तौल कम हुनसक्छ र तपाईको फिटनेस लेवल पनि बढ्नेछ । 

तर, पैदल हिंड्नका लागि तपाईले केही नियम पालना गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण नियम यसमा निरन्तर हुनुपर्छ । यदी तपाई देीनक १० हजार कदम हिंड्नु भने तपाईको तौल कम हुनसक्छ । १० हजार कदम हिंड्नका लागि औसतमा मानिसलाई ३० देखि ४० मिनेटको समय लाग्छ । एक हजार कदम हिंड्दा झन्डै ३० देखि ४० क्यालोरी बर्न हुन्छ । त्यसअनुसार १० हजार कदम हिंड्दा ३ सयदेखि ४ सय क्यालोरी बर्न हुन्छ । यद्यपी, यो अनुमानित मात्रै हो । 

तर, तपाईले उठाएका हरेक कदमले तपाईको क्यालोरी बर्न गरिरहेको हुन्छ । कति क्यालोरी बर्न हुन्छ भन्ने विषय तपाईको तौल, उचाई, फिटनेस स्तर, गति र तपाई जुन ठाउँमा हिंड्दै हुुनुहुन्छ त्यसले निर्धारण गर्छ । 

जब हामी कुनै पनि क्रिया गर्छौं, तब उर्जाका रुपमा क्यालोरी बर्न भइरहेको हुन्छ । यस्तोमा जो व्यक्ति जिम जान असमर्थ छ र पनि आफ्नो वजन कम गर्न चाहन्छ, तब त्यस्ता व्यक्तिका लागि १० हजार कदमको अभ्यास राम्रो हुनसक्छ । 

यस्तो गर्दा तपाई निकै कम समयमा तेजसँग आफ्नो बढ्दो वजनलाई नियन्त्रित गर्न सक्नुहुन्छ । यदी तपाईको वजन धेरै र तपाई बिरामी पनि भइरहनुहुन्छ भने सडक या ट्रेडमिलमा १० हजार कदम चलेर वजन कम गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस