मुलुकमा पहिलोपटक चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।
खोपको थालनीले आशा सञ्चार गरेको छ । कोरोना महामारीले नेपालसहित विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी गिजोलेको छ ।
नेपालमा यो भाइरसले बुधबारसम्म दुई हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै पौने ३ लाख मानिस संक्रमित भएका छन् । नेपालमा कोरोनाको मृत्युदर शून्य दशमलव ७ प्रतिशत छ ।
कोरोनाको उपचारमा निश्चित औषधि अझैसम्म बन्न सकेको छैन तर महामारी नियन्त्रणका लागि केही खोप प्रयोगमा आइसकेका छन् र दर्जनौं देशमा लगाउन सुरु गरिएको छ ।
यसअघि सामान्यतया कुनै पनि खोप विकास गर्न ५/७ वर्ष लाग्ने गरेकोमा कोभिड–१९ को खोप एक वर्षमै विकास हुन सकेको छ । यसलाई वैज्ञानिक चमत्कार मानिएको छ । नगरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १५ माघ २०७७, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कालीकोटको सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा
चितवनमा चैत २५ गतेदेखि ‘जापनिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान
बैतडीका २५ सय बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित
८ लाखले लगाए हैजाविरुद्ध खोप