कोरोनाविरुद्ध खोप अभियान: सरकार गम्भीर नहुँदा चुनौती

पत्रपत्रिकाबाट

विहीबार, १५ माघ २०७७, ०७ : ०६
कोरोनाविरुद्ध खोप अभियान: सरकार गम्भीर नहुँदा चुनौती

मुलुकमा पहिलोपटक चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।

खोपको थालनीले आशा सञ्चार गरेको छ । कोरोना महामारीले नेपालसहित विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी गिजोलेको छ ।

नेपालमा यो भाइरसले बुधबारसम्म दुई हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै पौने ३ लाख मानिस संक्रमित भएका छन् । नेपालमा कोरोनाको मृत्युदर शून्य दशमलव ७ प्रतिशत छ ।  

कोरोनाको उपचारमा निश्चित औषधि अझैसम्म बन्न सकेको छैन तर महामारी नियन्त्रणका लागि केही खोप प्रयोगमा आइसकेका छन् र दर्जनौं देशमा लगाउन सुरु गरिएको छ ।

यसअघि सामान्यतया कुनै पनि खोप विकास गर्न ५/७ वर्ष लाग्ने गरेकोमा कोभिड–१९ को खोप एक वर्षमै विकास हुन सकेको छ । यसलाई वैज्ञानिक चमत्कार मानिएको छ । नगरिक दैनिकमा खबर छ ।