काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र इस्टोनियाको प्रधानमन्त्रीमा काजा काल्लास नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री काल्लासलाई आज पठाउनुभएको बधाई सन्देशमा उहाँले इस्टोनियाली जनतामा निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चका साथै युरोपेली सङ्घको संयन्त्रमार्फत इस्टोनियासँग निकट सम्पर्कमा रहेर काम गर्ने नेपालको चाहना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ माघ २०७७, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली
ओलीको जिकिर : ‘अहिलेको सरकार बलमिच्याँइले बनेको हो, संवैधानिक छैन’