राजविराज । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकतामै रहेको बताएका छन् ।
मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफुहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए ।
उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपुर्तिका लागि जे पनि गर्दै आएकोलाई पहिचान गर्न आग्रह गरे । ती नेताहरुले माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपनासमेतको व्यापार गरेको नेता साहको आरोप छ ।
महान शहिद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलब सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमा चिन्न उनको आग्रह छ ।
"तपाईंहरुलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । अहिले तपाइँहरु हेर्दै हुनुहुन्छ आफुलाई ठेकेदार ठान्ने केही माओवादीहरु आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्दत छन् ।" नेता साहले भने, "कोही भ्रममा नपर्नुस, सक्कली माओवादीहरु पार्टी एकतामै छौँ । कोहि पनि कमरेड विचलित नहुन आग्रह गर्दछु ।"
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह