राजविराज । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले सक्कली माओवादीहरु पार्टी एकतामै रहेको बताएका छन् ।
मंगलबार सप्तरीको राजविराजमा नेकपाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश अध्यक्ष समेत रहेका नेता साहले माओवादी एजेन्डा र विरासतको रक्षा गर्दै आफुहरु निरन्तर पार्टी एकताको पक्षमा उभिएको बताए ।
उनले केही निश्चित व्यक्तिले माओवादको व्यापार मात्र गरेको र स्वार्थपुर्तिका लागि जे पनि गर्दै आएकोलाई पहिचान गर्न आग्रह गरे । ती नेताहरुले माओवादी विचार, विरासत, मुद्दा र महान शहिदहरुको सपनासमेतको व्यापार गरेको नेता साहको आरोप छ ।
महान शहिद रामवृक्ष यादवको शालिक तोड्ने, जनमुक्ति सेनाको तलब सुविधाको रकममा भ्रष्टाचार गर्ने, माओवादी आन्दोलनलाई व्यापार गर्नेहरूलाई समयमा चिन्न उनको आग्रह छ ।
"तपाईंहरुलाई थाहा छ, नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएको थियो । अहिले तपाइँहरु हेर्दै हुनुहुन्छ आफुलाई ठेकेदार ठान्ने केही माओवादीहरु आफ्नो व्यक्तिगत स्वार्थसिद्धिको लागि पार्टी एकता भाँड्न उद्दत छन् ।" नेता साहले भने, "कोही भ्रममा नपर्नुस, सक्कली माओवादीहरु पार्टी एकतामै छौँ । कोहि पनि कमरेड विचलित नहुन आग्रह गर्दछु ।"
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, २० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु साहले निजामती विधेयकलाई ‘गरिबमारा’ भन्दै रोष्ट्रमबाटै च्याते
प्रधानमन्त्रीको स्पेन भ्रमण फजुल खर्चबाहेक केही उपलब्धि हुँदैन : प्रभु साह
आरजु राणालाई प्रभु साहको प्रश्न- कति नेपालीले विदेशको नागरिकता लिए ?
आगामी बजेटमा जनतालाई करको भार पार्ने काम नहोस्ः अध्यक्ष साह
प्रभु साहको दाबी ‘बैंकरहरूको मनोमानीले बैंकहरू अस्तव्यस्त भए’
प्रधानमन्त्री ओली आफैँले लिएको परीक्षामा फेल भएः प्रभु साह