१७ अंकले घट्यो नेप्से परिसूचक

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १५ : ५४
१७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं ।  मंगलबार साताको तेस्रो दिन सेयर बजार १७ अंकले ओरालो लागेको छ । १७।७९ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय २३ दशमलव ०९ अंकमा झरेको छ । नेप्से परिसूचकमात्रै होइन ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.५८ अंकले ओरालो लागेको छ ।

कारोबार रकम पनि ८ अर्ब रुपैयाँ भन्दा माथि पुगेको छ । दिनभर भएका ६३ हजार ५ सय ९६ कारोबारबाट १ करोड ९५ लाख ६२ हजार २३९ कित्ता सेयर किनेबच भएका छन् । जसबाट कारोबार रकम ८ अर्ब २५ करोड ३३ लाख ४१ हजार रुपैयाँ नाघेको छ ।

नेप्सेमा कारोबार हुने होटल र फाइनान्स समूहका लगानीकर्ताहरुले भने बुधबार कमाएका छन् । होटल समूहको परिसूचक ५४ दशमलव ०५ अंकले बढेर २ हजार ७२ दशमलव ८८ अंकमा पुगेको छ । उता फाइनान्स कम्पनीको १३ दशमलव ०७ अंकले उकालो लागेर १ हजार १ सय ७७.०१ अंकमा पुगेको छ ।

बाँकी सबै सबइनडेक्सहरु भनेर घटेर राताम्मे देखिएका छन् । बैंकिङ इन्डेक्स ६.८१ अंकले ओरालो लागेको छ भने व्यापार ९२ दशमलव ४२ अंकले घटेको छ । विकास बैंक २९ दशमलव ४८ अंकले ओरालो लागेको छ भने हाइड्रोपावर २७.५ अंकले ओरालो लागेको छ ।

यसैगरी निर्जिवन बिमा ९८.५७, उत्पादन मूलक ४१.८७, लघुवित्त ५९.७२, जीबन बिमा ४१.०९ र म्युचुअल फण्ड ०.०३ अंकले ओरालो लागेका छन् ।

नेप्से परिसूचक घटे पनि केहि कम्पनीका लगानीकर्ताहरुले भने राम्रै कमाएका छन् । सबैभन्दा धेरै कमाउने गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु देखिएका छन् । यस संस्थाको ९।९७ प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ ।

दोस्रोमा प्रभु लाइफ इन्स्यारेन्स देखिएको छ भने तेस्रोमा युनाइटेड फाइनान्सका लगानीकर्ताहरुले धेरै कमाएका छन् । प्रभु लाइफको ९९९४ प्रतिशतले सेयर मूल्य बढ्दा युनाइटेडको ९.८८ प्रतिशतले बढेको छ ।

यसैगरी पोखरा फाइनान्सको ८.३६ प्रतिशत र ओरियण्टल होटलको ७।०३, बाटलर्स नेपालको ६।६५, नेपाल बैंकको ६।५३, श्रीइन्भेष्टमेन्ट फाइनान्सको ६।२५ र हिमालयन पावर पार्टनरको ६.०७ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस