काठमाडौं । आन्दोलन की चुनाव तयारी लगायतका विषयमा मथ्थापच्ची भईरहेको नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधीसभा विघटन गर्ने निर्णय असम्वैधानिक भएको बताएपनि अबको विकल्प के भन्नेमा काँग्रेसमा दुई थरी मत छ ।
देउवाले प्रतिनिधीसभा पूर्नस्थापना हुने नहुने विषय अदालतमा रहेको र अब चुनावको तयारीमा जुट्नुपर्ने पक्षमा मत देखाएका छन् भने कोइराला पौडेल र सिटौला पक्षका नेताहरु प्रतिनिधीसभा पूर्नस्थापना गरेर पहिले संविधानलाई ट्रयाकमा ल्याउनुपर्ने पक्षमा छन् ।
त्यसका लागि थप संर्घषका कार्यक्रम बनाउनु पर्ने यो पक्षको मत छ । तर देउवा त्यो मतलाई स्वीकार गरेर अगाडी बढन चाहिरहेका छैनन् । विगतमा प्रतिनिधीसभा पूर्नस्थापनाको मुद्दा लिएर गिरिजाप्रसाद कोइरालाले जस्तो फेरि पनि आन्दोलनको नेतृत्व गर्ने अवसर देउवाले गुमाउदै गएका छन् । उनी यता न उताको पेन्डुलम शैलीमा देखिएका छन् ।
यस्तो बेला काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि काँग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेन् र आजका लागि बैठक तय गरिएको थियो । बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे पछि बस्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ बाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको हो । यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र, सम्पूर्ण स्थानीय तह र वडा तहमा सरकारको कदमको विरोध गरिसकेको छ । तर नेकपाको माधव प्रचण्ड समुहले सत्ता सहकार्य देखि सडक संर्घष सम्म सहकार्यका लागि गरेको प्रस्तावमा देउवा सहमत भईसकेका छैनन् ।
काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुर्नस्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन् । सभापति शेरबहादुर देउवा अदालतमा विचाराधीन मुद्दामा काँग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले अदालतलाई दबाव दिनुपर्ने र प्रतिनिधि सभा पुनस्थापना हुनैपर्ने अडानमा रहेका छन् । आजको बैठकमा पार्टीभित्र देखा परेको यी दुई धारका बीचमा संर्घष चल्ने देखिएको छ । देउवालाई आन्दोलनका थप कार्यक्रम बनाएर अगाडी जानुपर्नेमा दबाब बढेको छ ।
त्यसको लागि महामन्त्री शसांक कोइराला निवासमा हिजै पौडेल पक्षको बैठक बसेको थियो । यो पक्षले सभापति देउवालाई दबाब दिने र आन्दोलनका थप कार्यक्रम आजको केन्द्रीय समिति बैठकबाटै घोषणा गरेर जानुपर्नेमा निर्णय गराउने रणनीति अख्तियार गर्ने भएको छ । पार्टीका भातृ संगठनहरुलाई परिचालन गरेर शसक्त प्रकारको आन्दोलनका कार्यक्रम अब अगाडी वढाउनु पर्नेमा उनीहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ माघ २०७७, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै
काँग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला सुरु
काँग्रेस केन्द्रीय समिति बैठक आज अन्तिम समयमा आएर स्थगित
कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनबारे छलफल