१६ डीएसपी एसपीमा बढुवा सिफारिस

रासस

सोमबार, १२ माघ २०७७, २० : ४१
१६ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १६ डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको दरबन्दीमा बढुवा सिफारिस गरेको हो ।

CG Hills

सिफारिसअनुसार भुवनेश्वर तिवारी र ऋषिराम कँडेल क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस भएका छन् । 

यस्तै सुरेश काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदम बहादुर बिष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्र बहादुर शाही र राजेन्द्र बाबु रेग्मी बढुवा सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।