वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

एजेन्सी

सोमबार, १२ माघ २०७७, ०८ : ०७
वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

एजेन्सी । बलिउड अभिनेता वरुण धवन र फेसन डिजाइनर नताशा दलाल आईतबार वैवाहिक जीवनमा बाँधिएका छन्। उनीहरूको वैवाहिक समारोहमा नजिकका साथीभाइ तथा परिवारका सदस्यहरु मात्र सहभागी भएका थिए।

उनीहरूको विवाह अलीबागको द मेन्सन हाउसमा सम्पन्न भएको हो। वरुण र नताशाको प्रेम प्रसंग बलिउडमा सबैभन्दा बढी चर्चामा रहेको थियो। दुबैले एकअर्कालाई बाल्यकालदेखि नै चिन्दछन्। नताशा र वरुण एउटै स्कुलमा अध्ययन गरेका हुन्।

धेरै वर्षसम्म यो सम्बन्धलाई लुकाएको वरुण ले नै उनीहरूको प्रेम सम्बन्धका बारेमा खुलासा गरेका थिए। अभिनेता धवनले नै इन्स्टाग्राम मार्फत आफ्नो विवाहका दुई तस्विर समेत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस