काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताउनुभएको छ ।
पत्रकारसँगको अन्तरक्रियामा आज उहाँले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।”
प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उहाँले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ ।
राजनैतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनुहुँदैन ।” देशको अवस्थालाई हेर्दै सर्वोच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उहाँको तर्क छ । उहाँले १४ वर्षको राजनैतिक अभ्यासमा भएको असफलताका कारण वर्तमान संविधान, व्यवस्था र मार्ग चित्रबारे प्रश्न चिह्न खडा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ११ माघ २०७७, १९ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा