प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, १४ : ०५
प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी

file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा जारी छ । बैठक दिउँसो एक बजेबाट सुरु भएको हो । 

बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि गरिएका संघर्षको समीक्षा गर्दै भावी रणनीति तय गर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको कारवाही प्रक्रिया र अन्य सांगठानिक विषयमा छलफल हुने नेता वेदुराम भुषालले जानकारी दिए ।

आजको बैठकमा ओलीमाथि थप कारवाही गर्ने नेताहरुले बताएका छन् । त्यसमा ओलीलाई नेकपाको साधारण सदस्य नै नरहने गरी हटाइने छ । यसअघि ओलीलाई किन कारवाही नगर्ने भनेर तीन दिने स्पष्टीकरण सोधिएपनि उनले सो समयमा जवाफ दिएका छैनन् । 

प्रचण्ड माधव पक्षले यसअघि पार्टी नीति विपरित निर्णय गरेको भन्दै केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउँदै माधवकुमार नेपाललाई चयन गरेको छ । महासचिवको जिम्मेवारीबाट विष्णु पौडेलको अधिकार पनि खोसिएको छ । आजको बैठकमा ओलीमाथि थप कारवाही गर्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस