वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ ।यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्। माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेब्रुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो।
राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन्।
बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ।
गत जनवरी ६ मा संसद भवनमा आफ्ना समर्थकलाई हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पविरूद्ध पेस भएको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ। अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव आउने ट्रम्प पहिलो राष्ट्रपति हुन्।
यसैबीच केही रिपब्लिकन सिनेटरले ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव पारित भए आफूहरूले पनि यसअघि एक पटक महाअभियोग लागेका डेमोक्र्याट राष्ट्रपतिविरूद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन्। टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले दुई वर्षपछि तल्लो सदनमा आफूहरूले बहुमत ल्याए पहिलाका डेमोक्र्याट राष्ट्रपतिहरूविरुद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ११ माघ २०७७, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
ट्रम्प प्रशासनको सरकारी कार्यदक्षता विभाग छोड्ने मस्कको संकेत