काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवाददको निराकरण सर्वोच्च अदालतले गर्ने बताउनुभएको छ । गृह जिल्ला मकवानपुरमा रहनुभएका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुनेमा जोड दिनुभयो ।
अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताउनुभयो । राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गर्नुभयो ।
बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राख्नुभएको थियो । आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा