काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आदेशमात्र गरिरहने प्रधानमन्त्री केपी शर्मा ओलीको दास नभएको बताएका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बालुवाटारमा बैठक भनेर हामी कुरेर बस्थ्यौँ, उहाँ आउनु हुन्थेन’ नेता नेपालले भने, ‘एकछिनपछि ओलीको आदेश आउँथ्यो । आज बैठक क्यान्सिल । आदेश, आदेश, आदेश ।’
सरकारको नेतृत्वका लागि पठाइएका ओलीले पार्टीलाई नटेर्ने गरेको बताउँदै नेपालले भने, ‘पार्टीले सरकारलाई निगरानी गर्छ । नगरपालिकामा कस्तो काम भइरहेको छ ? निगरानी गर्छ । हामीले आश्वासन कम बाँड्नोस्, काम गरेर देखाउनुहोस् भनेका थियौँ । उहाँले पार्टीलाई टेर्दै टेर्नु भएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक