काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आदेशमात्र गरिरहने प्रधानमन्त्री केपी शर्मा ओलीको दास नभएको बताएका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘बालुवाटारमा बैठक भनेर हामी कुरेर बस्थ्यौँ, उहाँ आउनु हुन्थेन’ नेता नेपालले भने, ‘एकछिनपछि ओलीको आदेश आउँथ्यो । आज बैठक क्यान्सिल । आदेश, आदेश, आदेश ।’
सरकारको नेतृत्वका लागि पठाइएका ओलीले पार्टीलाई नटेर्ने गरेको बताउँदै नेपालले भने, ‘पार्टीले सरकारलाई निगरानी गर्छ । नगरपालिकामा कस्तो काम भइरहेको छ ? निगरानी गर्छ । हामीले आश्वासन कम बाँड्नोस्, काम गरेर देखाउनुहोस् भनेका थियौँ । उहाँले पार्टीलाई टेर्दै टेर्नु भएन ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल