काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता एवं पूर्वमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिको धुरीमा आगो लगाएको बताएका छन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूहले शुक्रबार काठमाडौँमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाउनु भयो’ नेता भुसालले भने, ‘बहुमत हुँदाहुँदै संसद विघटन गर्नु भनेको राष्ट्रिय राजनीतिमा आगो लगाउनु नै हो । अब आन्दोलनको बलमा केपी ओलीलाई घुँडा टेकाउनु पर्छ ।’ साइबर सेना र सेटिङको भरमा प्रधानमन्त्री ओली सफल नहुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ माघ २०७७, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल