महान्यायधिवक्ता अग्नि खरेलले एकाएक किन डाके कानुन समूहका सचिव ?

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, ०८ : ४४
महान्यायधिवक्ता अग्नि खरेलले एकाएक किन डाके कानुन समूहका सचिव ?

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेल अघि पछिका दिनमा भन्दा हिजो बिहिबार निक्कै दौडधुपमा थिए । उनको त्यो दौडधुप एकाएक बढेको थियो । त्यो पनि दिउँसोको चिया समय पछि । उनी सर्वाेच्च अदालतको सम्वैधानिक इजालसमा चलिरहेको प्रतिनिधीसभा विघटन विरुद्धको बहस चल्दाचल्दै टि ब्रेकमा इजालसको पोडियम (अधिवक्ता उभिएर बहस गर्ने ठाउँ) बाट हराएका थिए ।

सरकारले प्रतिनिधीसभा विघटनको निर्णय राजपत्रमा सूचना प्रकाशित अहिलेसम्म गरेको थिएन । बिहिबारको बहसमा अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए । सरकारको त्यसतर्फ ध्यान नै पुगेको थिएन । त्यसपछि असिनपसिन देखिएका महान्यायधिवक्ता खरेल टि ब्रेकमा पेडियमबाट एकाएक हराए । उनी नजिकै रहेको महान्यायधिवक्ताको कार्यालयमा हतारिदै पुगे । त्यसपछि खरेलले तुरुन्तै आफु कँहा आउन भन्दै कानुन समूहका सचिव धनराज ज्ञवालीलाई बोलाए ।

हड्वडिदै पुगेका कानुन सचिव ज्ञवाली पनि बोलाएको केही समयमै महान्यायधिवक्ता कँहा पुगे । तर आफु नगएको दाबी ज्ञवालीले गर्छन् । महान्यायधिवक्ता कार्यालय स्रोतले भने उनी हड्वडिदै महान्यायधिवक्ता खरेल भेट्न पुगेको र तुरुन्तै हस्याङफस्याङ गर्दै बाहिरएको बतायो । ‘उहाँहरु बीच कुराकानी के भयो, त्यो हामीले बन्द कोठाभित्र भएकोले हामीले जान्ने कुरा भएन, तर एकदमै हतारिएर धनराज ज्ञवाली सर आउनुभयो, अग्नि सरलाई भेटनु भयो, र लगत्तै हत्तारिएर बाहिरिुनभयो,’ महान्यायधिवक्ता कार्यालय स्रोतले भन्यो ।

खरेलले धनराज ज्ञवालीलाई आफ्नो चेम्बरमा भेट गरिरहदा सर्वाेच्चको सम्वैधनिक इजालसमा उनको खोजी समेत भएको थियो । उनी पोडियममा नदेखेपछि न्यायधिस अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर समेत सोधेका थिए । तर खरेल राजपत्रमा प्रतिनिधीसघा विघटनको सूचना प्रकाशित नगरेकोमा अब कसरी रातारात छाप्ने भन्ने योजना बनाउन कानुन सचिव ज्ञवालीसँगको गुप्त छलफलमा थिए । प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने हुन्थ्यो ।

तर सरकारले त्यसरी अहिलेसम्म सूचन प्रकाशित गरेको छैन् । राजपत्रमा प्रकाशित हुने सूचना वेभसाइटमा पनि राखिएका हुन्छन् । तर प्रतिनिधीसभा विघटनको सूचना अहिलेसम्म वेभसाइटमा पनि छैन । तर महान्यायधिवक्ता खरेलको हिजोको दौडधुपले रातारात अर्काे किर्ते कान्ड गरेर आज सर्वाेच्चमा पेश गर्ने तयारी भएको छ । आज सरकारी पक्षबाट त्यस्तो सूचना इजालसमा बुझाएमा त्यसलाई अनौठो नमाने हुने देखिएको छ ।

महान्यायाधिवक्ता खरेलले बोलाएका कानुन सचिव ज्ञवाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हुन् । खरेलसँग भेटेर हतारिदै बाहिरएका ज्ञवालीले पनि त्यसलगत्तै बैठक डाकी राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाएको स्रोतले बताएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कानुन मन्त्रालय हुँदै त्यो सूचना राष्ट्रपति कार्यालय पु¥याउनुपर्छ ।

अनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएर मुद्रण विभागमार्फत राजपत्रमा विघटनको सूचना प्रकाशन गर्नुपर्छ । अहिले त्यही प्रक्रिया हिजै दौडादौड गरेर सरकारले प्रकाशनको तयारी गरेको थियो । सोही अनुसार रातारात खरेलको योजनामा त्यो छाप्ने तयारी भएको छ । संसद विघटन सम्बन्धी प्रकाशित सोही सूचना सहितको राजपत्र सर्वोच्चमा बुझाउने तयारी भएको श्रोतको दाबी छ । 
 
प्रतिक्रिया दिनुहोस