प्रधानमन्त्री ओलीको असम्वैधानिक ‘कू’ विरुद्ध आज नेकपाको विशाल शक्ति प्रर्दशन

काठमाडौंमै कम्तीमा एक लाख मानिस उतारेर विरोध प्रर्दशन गर्ने तयारीमा नेकपाको प्रचण्ड नेपाल समुह

सफल खबर संवाददाता

शुक्रबार, ०९ माघ २०७७, ०८ : १७
प्रधानमन्त्री ओलीको असम्वैधानिक ‘कू’ विरुद्ध आज नेकपाको विशाल शक्ति प्रर्दशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधीसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज विशाल शक्ति प्रर्दशन गर्ने भएको छ । आज काठमाडौं उपत्यकामा उसले शक्ति प्रर्दशन गर्ने जनाएको छ । संसद विघटन असम्वैधानिक र अलोकतान्त्रिक भएको निश्र्कष सहित नेकपाको प्रचण्ड नेपाल समुह चरणबद्ध संर्घषमा छ ।

त्यही क्रममा दोश्रो चरणको संर्घषको उत्र्कषका रुपमा प्रचण्ड नेपाल समुहले कम्तीमा एक लाख मानिसको उपस्थितीमा काठमाडौंमा आज (शुक्रबार) बृहत विरोध प्रर्दशन हुन लागेको हो । प्रवक्ता तथा केन्द्रीय संर्घष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार विरोध प्रर्दशनमा स्वंमसेवक मात्रै पनि कम्तीमा ५ हजार बढीलाई परिचालन गर्ने गरी तयारी गरिएको छ । शक्ति प्रर्दशनका लागि काठमाडौं र उपत्यका आसपासका जिल्लाबाट समेत हजारौं नेता कार्यकर्ता र ओलीगमनको विरोधमा रहेका सर्वसधारणहरु काठमाडौं आईपुगेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानबाट जुलुस निकाल्ने र रत्नपार्कमा केन्द्रीकृत गरी जुलुश एउटै बनाएर रत्नपार्क आसपासका क्षेत्रमा प्रर्दशन गर्ने तयारी छ । जुलुसलाई शान्तिपूर्ण बनाउन र घुसपैठ रोक्नका लागि स्वंमसेवकहरुले मेहनत गर्नेछन् । केन्द्रीय संर्घष समितिले निर्धारण गरिएका नारामात्र प्रयोग गर्न निर्देशन दिदै सहभागीहरुको तथ्यांक राख्न समेत सम्बन्धित कमिटिहरुलाई सर्कुलर गरिएको छ ।

स्थायी समितिकै नेताहरुको उपस्थितीमा  माइतीघर, डिल्लीबजार चारखाल, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रर्दशनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी क्याम्पस लगायतका स्थानबाट जुलुश निकाल्ने गरी कार्यक्रम तय गरिएको प्रवक्ता तथा केन्द्रीय संर्घष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । माइतीघरको जुलुसमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् । डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् । लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईं लगायतका नेताहरुले गर्नेछन् ।

त्यसैगरी, त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ । प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटिकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् । देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् । बाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णु पुकार श्रेष्ठ रहने छन् ।

बिहान १० बजेर ४५ मिनेटमा आफ्नो संगठनलाई छुटट्याईएको आर्कमा जम्मा भई जुलुसमा सहभागिता जनाईदिन आग्रह गरिएको छ । रत्नपार्कमा एकीकृत हुने मुल जुलुसको नेतृत्व अध्यक्षद्दय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले नै गर्ने भएका छन् ।   रत्नपार्क, पुतलीसडक भद्रकाली, सहिदगेट सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत हुने श्रेष्ठले बताए । आन्दोलन नेकपाको मात्र नभएर संघीय लोकतान्त्रिक शासन ब्यवस्था, संविधान र अग्रगमन पक्षधरहरुको साझा आन्दोलन भएको भन्दै दाहाल नेपाल पक्षले आन्दोलनमा सहभागिताका लागि सबैमा अपिल समेत गरेको छ ।

आजको नेकपाको जुलुशमा ओलीको असम्वैधानिक ‘कु’ को विरोधमा रहेका सबै संघसंस्था, नागरिक समाजलाई पनि सहभागिताको अपिल भएकोले क्रमशः आन्दोलन जनआन्दोलनतिर मोडिने सम्भावना बढेर गएको छ । ओलीको संसद विघटनका विरोधमा ओलीकै गुट बाहेक अन्य सबै राजनीतिक दल, नागरिक समाज सबै आन्दोलित छ । नेकपाले आन्दोलनमै रहेको काँग्रेस, जसपा समेतलाई समेत समेटेर संयुक्त आन्दोलन बनाउने कोसिस गरिरहेको छ । काँग्रेसले हिजो मात्रै देशभरका वडाहरुमा विरोध प्रर्दशन गरेको थियो । नेकपाले आज काठमाडौंमा गर्ने शक्ति प्रर्दशनले ओली सरकारलाई ओरालो बाटोमा धकेल्न मद्दत गर्ने विश्वास लिईएको छ ।
 

प्रतिक्रिया दिनुहोस