चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

सफल खबर संवाददाता

विहीबार, ०८ माघ २०७७, १६ : ४४
चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौँ । चन्द्रागिरी हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलकै कार्यालय नक्साल बिहान १० बजे आईपीओ बाँडफाँड हुनेछ । 

कम्पनीको आइपीओ प्रि–अलोटमेन्ट बुधबार नै सम्पन्न भइसकेको छ । चन्द्रागिरीमा माग भन्दा अत्यधिक आवेदन परेकोले सेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । कम्पनीको आइपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन दिएको बिक्री प्रबन्धकले जनाएको छ । त्यसमध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएर १२ लाख ११ हजार १ सय १५ वटा मात्रै योग्य भएका छन्  ।

प्रतिक्रिया दिनुहोस