दोलखा । सामान्यतया मान्छेले दिनमा कति पटक खान सक्ला ? बढीमा ३ पटक । दोलखाको एक सरकारी कार्यालयका कर्मचारी भने दिनमा ८ छाक खाँदा रहेछन् ।
जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिई जिरी नगरपालिका गएकी थिइन्। त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १ सय ६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ।
कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो। ‘यसलाई नियमित भन्न सकिन्नँ’, कोलेनिका दोलखाका प्रमुख शिवनाथ पौडेलले भने। कार्कीले त्यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन्। उनले दुई दिनमा होटलका चार कोठा लिएकी थिइन्। र, १० छाक खाना खाएको देखाएकी थिइन्। त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको प्रमुख पौडेलले बताए। उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन्।
त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिकाअन्तर्गतका योजनाको अनुगमन गरेका थिए। उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए। १० छाक खाना खाएको बिल बनाए। त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन्। आलेप प्रतिवेदनले त्यसलाई अनियमित भनेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०७ माघ २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनका बेला रोकिएको बजार अनुगमन सुरु
खाद्य तथा पेय पदार्थ बिक्री गर्ने फर्ममाथि विभागको अनुगमन
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
सरकारी टोलीद्वारा नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन
सरकारी टोलीले गर्यो जेन जेड आन्दोलनका क्रममा आगजनी भएको काँग्रेस पार्टी कार्यालयको अनुगमन
दुर्लभ जीव हिउँ चितुवाको अनुगमन गरिँदै