एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप वितरणमा असमान रणनीतिका कारण गरिब राष्ट्रहरु मारमा परेको छ । संगठनका अनुसार यो घटनाले विश्व ‘गम्भीर नैतिक असफलता’ तर्फ अघि बढेको चेतावनी दिएको छ ।
डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले विश्वका धनी देशका युवा तथा स्वस्थ व्यक्तिले खोप पाउँदा गरिब देशका जोखिमयुक्त व्यक्ति खोप बिहीन बन्न पुगेको दाबी गरेको छ । अहिलेसम्म विश्वका धनी ४९ देशले तीन करोड ९० लाख डोज पाउँदा एक गरिक देशले २५ डोज मात्रै पाएको डब्लुएचओका प्रमुख डा. टेडरोजले बताए।
कोरोना भाइरसविरुद्धको प्रयासलाई लिएर डब्लुएचओ र चीनको आलोचना हुँदै आएको छ। डब्लुएचओले बनाएको स्वतन्त्र प्यानलले कोरोना भाइरसको महामारी चाँडै नै घोषणा गरिएको भए अवस्था केही सुधार हुने बताएको थियो।
अहिलेसम्म अमेरिका, बेलायत, चीन, भारत र रुसले कोरोना भाइरसविरुद्धको खोप बनाएका छन् । यस्तै फाइजरको खोप पनि तयार भएको छ। सबै खोप निर्माता तथा विकसित देशहरुले आफ्ना नागरिकलाई खोप लगाउनु पहिलो प्राथमिकतामा राखेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०६ माघ २०७७, ०९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १०८ को मृत्यु
विश्व स्वास्थ्य संगठनले विश्वका २० देशमा दुई करोड कोभ्याक्स खोप अनुदान पठायो
पाकिस्तानमा विस्फोटमा परी पाँच जनाको मृत्यु, पाँच जना घाइते
टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो
भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित
अमेरिकामा कोभिड–१९ बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम