काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ । डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्याउन थालिएपछि दिएको हो ।
जोर्डनले संयुक्त अरब इमिरेट्स युएईसँग मिलेर आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ । यता इजरायलले गाजाका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्र (यूएन) का तर्फबाट सहायता सामग्री पठाउनका लागि करिडोर खोल्ने बताएको छ ।
गाजामा ‘जानीबुझेर भोकमरीको झुटो दाबी’को खण्डन गर्नका लागि यस्तो निर्णय गरेको इजरायलको भनाइ छ । यता हमासले यस विषयमा आफ्नो छवि खराब गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १३ साउन २०८२, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ