सिमकोट । नेकपा दुई खेमामा बाँडिएसँगै ओली र प्रचण्ड–नेपाल समूहका कार्यकर्ता बिच हुम्लामा झडप भएको छ । झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन्।
वडा नम्बर १ को कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड–माधव पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका हुन् । थापाको टाउको तथा मुखमा चोट लागेको छ। स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरानमा मेयर र उपमेयरका समर्थकबीच झडप
राजावादीको आन्दोलनमा झडप
एमाले धनुषा अधिवेशनमा झडप, ५ जना घाइते
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
जनकपुरमा प्रहरी र स्थानीयबीच झडप