काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध तय भएको आन्दोलनमा प्रतिक्रान्तिकारीको मुटु हल्लिने गरी लाग्न आग्रह गरेका छन् ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने भन्दै आन्दोलनमा आफू लाठी खान तयार भएको बताए ।
‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ’ प्रचण्डको भनाइ छ । ‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको भन्दै प्रचण्डले उनको सेटिङप्रति शंका गर्नुपर्ने बताए । ‘सेटिङ भैसकेको छ हाम्रै पक्षमा फैसला आउछ भन्ने केपी ओली र उनका मान्छेहरुप्रति शंका गर्नुपर्छ’, प्रचण्डले ओलीको सेटिङविरुद्ध पनि आन्दोलन कडा बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद
नयाँ र पुरानो भन्ने गलत भाष्य बनाइयो, यो देशको हितमा छैन: प्रचण्ड