काठमाडौँ । नेकपा प्रचण्ड–माधव नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध तय भएको आन्दोलनमा प्रतिक्रान्तिकारीको मुटु हल्लिने गरी लाग्न आग्रह गरेका छन् ।
अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माघ ९ गतेको आन्दोलन भयंकर हुने भन्दै आन्दोलनमा आफू लाठी खान तयार भएको बताए ।
‘नौ गतेको आन्दोलनमा म अगाडि हुन्छु । तपाईंहरु पछि बस्नुस् । मलाई किन हो टाउको चिलाएर हो कि के हो लाठी खान मन लागेको छ’ प्रचण्डको भनाइ छ । ‘प्रतिगमन’लाई परास्त गर्न तय भएको संघर्षमा नेता कार्यकर्ताको टाउको जोगाउन आफ्नो टाउको फुटाउन पनि तयार रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीले अदालत र निर्वाचन आयोगलाई धम्क्याउदै हिँडेको भन्दै प्रचण्डले उनको सेटिङप्रति शंका गर्नुपर्ने बताए । ‘सेटिङ भैसकेको छ हाम्रै पक्षमा फैसला आउछ भन्ने केपी ओली र उनका मान्छेहरुप्रति शंका गर्नुपर्छ’, प्रचण्डले ओलीको सेटिङविरुद्ध पनि आन्दोलन कडा बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ माघ २०७७, १६ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशलाई संकटबाट निकास दिन एकमात्र विकल्प : प्रचण्ड
‘प्रचण्ड’-माधव र झलनाथसँग चुनावी तालमेलबारे रन्जिताले गरिन् संवाद
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
‘फागुन २१ मै चुनाव हुनुपर्छ, आवश्यक सहयोग गर्न तयार छौँ’ : ‘प्रचण्ड’
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
‘प्रचण्ड’ र वर्षमान रोल्पाबाट उम्मेदवार सिफारिस