पाकिस्तान । पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तिय सरकारले एक छानविनपछि १२ प्रहरी अधिकारीहरुलाई बर्खास्त गरेको छ । केही दिनअघि एक हिन्दू मन्दिरमा भएको हमलापछि यो छानविन सुरु गरिएको थियो ।
यी अधिकारीहरुलाई मन्दिरको रक्षा गर्नमा भूमिका खेल्न नसकेको भन्दै कारबाही गरिएको हो । मन्दिरमा एक कट्टरपन्थी इस्लामिक पाटीृका सदस्यहरुको नेतृत्वमा एक भिडले हमला गरेको थियो ।
यसक्रममा सरकारले ३३ जना पुलिस अधिकारीहरुलाई एक वर्षका लागि निलम्बन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ माघ २०७७, १३ : ०५
लेखकबाट थप