बलिउड अभिनेत्री कंगना रनावत माथि किन लाग्यो चोरीको आरोप ?

एजेन्सी

शनिबार, ०३ माघ २०७७, ०८ : ०८
बलिउड अभिनेत्री कंगना रनावत माथि किन लाग्यो चोरीको आरोप ?

एजेन्सी । बलिउड अभिनेत्री कंगनाले फिल्म ‘मणिकर्णिका’ को दोस्रो भागको घोषणा गरिन्। उनको नयाँ फिल्मको टाइटल ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ हुनेछ। यसलगत्तै उनीमाथि चोरीको आरोप लागेको छ। लेखक आशिष कौलले कंगनालाई उनको कथा चोरेको आरोप लगाएका हुन्।  

कौलले नवभारत टाइम्ससँगको अन्तर्वार्तामा यसबारे खुलासा गर्दै भनेका छन्, ‘म आफूमाथि भएको गलत कुराका लागि लड्छु। आफूमाथि भएको शोषणका लागि मेरो लडाईं चलिरहेको छ।’

उनको दाबी अनुसार उनको बुक ‘दिद्दाः द वारियर क्विन अफ कश्मिर’ को अंग्रेजी संस्करण आइसकेको छ। उनी भन्छन्, ‘मसँग कपिराइट छ र उनी यस्तो कसरी गर्न सक्छिन्। लकडाउनका बेला मैले कंगनासँग किताबको हिन्दी संस्करणका लागि सम्पर्क गरेको थिएँ। मैले आफ्नो बुकका लागि कंगनालाई हिन्दी संस्करणको मेल पठाएको थिएँ तर उनको कुनै उत्तर आएको थिएन।

 ‘अब कंगनाले अचानक फिल्मको घोषणा गरेकी छिन्। तर यो कहानीमा मेरो कपिराइट छ। दिद्दा लोहार राजकुमारी थिइन् जो अब जम्मूमा बस्छिन्। फिल्मको विषयमा मेरो रिलायन्स इन्टरटेनमेन्टसँ कुरा भएको छ।’ बिहीबार, मकर संक्रान्तिको अवसरमा कंगनालेफिल्म मणिकर्णिकाको दोस्रो भागको घोषणा गरेकि थिईन्।

प्रतिक्रिया दिनुहोस