काठमाडौँ । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा त्यही मुद्दा हेरिरहेको संवैधानिक इजलासका न्यायाधीशसँग गोप्य रुपमा भेटवार्ता गरेको खुल्न आएको छ ।
प्रधानमन्त्री ओलीको निजी सचिवालय निकट स्रोतका अनुसार गत पुस २७ गते सोमबार सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरिकृष्ण कार्कीले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग गोप्य भेटवार्ता गरेका हुन् ।
मल्ल र कार्की दुवै पूर्वएमाले कोटाबाट सर्वोच्चको न्यायाधीश बनेका हुन् । उनीहरु दुबै जना प्रधानन्यायाधीशको रोलक्रममा रहेका छन् ।
चर्को आलोचनापछि संवैधानिक इजलासबाट कार्की बाहिरिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश मल्ललाई उक्त इजलासमा समावेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ माघ २०७७, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओली असोज ५ मा अमेरिका जाने
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली