प्रधानमन्त्री ओलीको भारत दृष्टिकोण : ‘कुरा एकातिर, व्यवहार अर्कोतिर’

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, ०८ : ५९
प्रधानमन्त्री ओलीको भारत दृष्टिकोण : ‘कुरा एकातिर, व्यवहार अर्कोतिर’

काठमाडौं । प्रधानमन्त्री केपी ओली जति बाहिर राष्ट्रवादी देखिन खोज्छन, त्यक्ति नै भित्री रुपमा भारतीय पक्षसँग भित्री सम्बन्ध सुधारको अभियानमा जुटेका छन भन्ने प्रमाण खोज्न अन्यत्र जानै पर्दैन । उनका पछिल्ला गतिविधि हेरेमात्र पनि पुग्छ । आफुलाई नक्सा छापेपछि भारतले हटाउन चाहेको र भारतीय दुतावास त्यही अनुरुप होटल होटलमा भित्री बैठकमा सहभागी भएको गत असारमा बताएका ओली अहिले भारतसँगको सम्बन्ध सुधार गरेर आफु भारतीय पक्षको नजिक हुन चाहेको सन्देश दिईरहेका छन् ।

ओलीले यस बीचमा भारतीय जासुसी संस्थाका प्रमुख सामन्तकुमार गोयललाई आफ्ना निकट व्यवसायी क्याप्टेन रामेश्वर थापा र राष्ट्रिय अनुसन्धानका प्रमुख गणेश अधिकारीमार्फत बोलाउन लगाएर मध्यरातसम्म प्रधानमन्त्रीको सरकारी निवासमा मेजमानीका साथ भेटवार्ता गरे । चर्काे विरोध भएपछि उनले मोदीको दूतका रुपमा गोयल आएको प्रष्टोक्ति आफ्ना प्रेस सल्लाहकार मार्फत सार्वजनिक गराए । तर भारतीय पक्षले कही कतै आजको मितिसम्म गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रुपमा नेपाल आएको र प्रधानमन्त्री ओलीसँग सम्वाद गरेको उल्लेख गरेका छैनन् ।

उनले यति मात्र भनेनन् अबको चुनावबाट आफ्नो पार्टी नै ठुलो पार्टी बन्ने र आफु नै फेरि सायद प्रधानमन्त्रीको रुपमा आउने पनि बताए । ओलीले पार्टीभित्र चार महिनामा अध्यक्ष छोडन चाहेको, अर्काे चुनावबाट प्रधानमन्त्री छोड्न चाहेको बताएपनि जी न्यूजको अन्र्तवार्तामा भने उनले नेतृत्व गरेको पार्टी चुनावमा पहिलो दल बने फेरि पनि आफु नै प्रधानमन्त्री बन्ने सम्भावनाबारे पनि औंल्याएका थिए । उनले अन्र्तवार्तामा भनेका थिए,–‘अबको मे को चुनाव पछि पनि हाम्रो पार्टीले बहुमत ल्याउँछ मलाई विश्वास छ । एकदम कमजोर भएपनि ठूलो दल हाम्रो पार्टी नै हुन्छ । चुनाव पछि पनि सरकारको नेतृत्व मैले नै गर्नुपर्छ होला सायद ।

त्यक्तिमात्र होइन, ओलीले नेपाल मामिलामा सधैं विवादास्पद अभिब्यक्ती दिदै आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेलाई समेत नेपालमा स्वागत गरेर नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गर्ने काम गर्यो । यिनै नरवणेले चीनको उक्साहटमा नेपालले भारतले जारी गरेको नक्साको विरोध गरेको, भारतले बनाएको सडक निर्माणको विरोध गरेको र आफैले समेत कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूमि समेटेर नक्सा जारी गरेको आरोप लगाएका थिए । 

तर नक्सा जारी हुनुलाई पनि ओलीले आफ्नै मात्र प्रयासमा जारी गरेको भनी प्रचारबाजी गरेपनि नक्सा जारी गर्ने निर्णय लिन सचिवालयमा प्रचण्ड नेपाल लगायतका नेताहरुले कति पापड बेलेका थिए भन्ने नेकपा सचिवालयका सबै सदस्यहरु जानकार नै छन् । मोदीको भाजपाका विदेश विभागका नेतालाई समेत पार्टीका नेतालाई समेत जानकारी निदई विष्णु पौडेलमार्फत काठमाडौं बोलाएर ओलीले गोप्य भेटघाट गर्न चाहे । तर अर्काे पक्षले आफै सार्वजनिक गरिदिएपछि ओलीले गोप्य राख्न चाहेको विषय आफै उदांगो बन्न पुग्यो ।

अहिले फेरि ओलीले नेपालवारे विवादास्पद सामग्री प्रसारण गर्दै आएको जी न्यूजका सम्पादक सुधीर चौधरीलाई आफ्ना निकट व्यवसायी रामेश्वर थापामार्फत नै काठमाडौं बोलाएर बालुवाटारमा अन्र्तवार्ता दिएका छन् । ओलीले भारत र चीनको विवादमा आफु मध्यस्थता गर्न सक्ने नेता भएको र गर्न चाहेको जस्ता अभिब्यक्ति उनले अन्र्तवार्ताका क्रममा दिएका छन् । आफुलाई निक्कै राष्ट्रवादी देखाउन उनले अन्र्तवार्ताका क्रममा पनि प्रयास गरे । तर बाहिर देखाउने दाँत र भित्री दाँत ओलीको फरक फरक छ । उनले आफुलाई कटट्र राष्ट्रवादी देखाउन भित्री रुपमा सैदाबाजीको बाटो खोजी रहेका छन् ।

अन्र्तवार्तामा भने ओलीले निक्कै राष्ट्रवादी भएर आफ्नो प्रस्तुती दिएका छन् । ‘भारत र चीन दुवै मित्र देश हो हाम्रो । हामी राष्ट्रपति सी सँग पनि कुरा गर्न सक्छौं, लि खछ्याङ प्रधानमन्त्रीसँग पनि कुरा गर्न सक्छौं । मोदी जीसँग पनि कुरा गर्न सक्छौं । दुवै देश हाम्रो मित्र देश हो । मित्रको बीचमा देखिएको असमझदारी हटाउन सम्बन्ध सुधार गराउन मध्यस्थताको भूमिकाबाट कोसिस गर्न सक्छौं । मित्रताको तागत भनेकै यही हो’ ओलीले अन्र्तवार्ताका क्रममा भने,–’हामी सवै लगभग समान उमेरका पनि छौं । एक, ढेड साल कोही उमेरमा पाका होलाऔं, कोही कम । लामो समय देखि हामी सबै राजनीतिमा छौं । त्यसैले हामी साथी जस्तै मात्र होइनौं, साथी नै हौं ।’ 

ओलीले उमेरका हिसाबले मोदी र आफुमा केही तलमाथी भएपनि दुई देशका प्रधानमन्त्रीसँगै बस्दा बराबरीको हैसियतमा हुने बताएका थिए । ‘ठूलो देश होस या सानो देश, दुवै देशका प्रधानमन्त्रीको हैसियत बराबरीको हुन्छ । यसमा मोदी जीले कुनै समस्या मान्नुपर्ने छैन् । उहाँलाई पनि बराबरीको सम्बन्ध बनाउनमा कुनै समस्या छैन् । मेरो भनाईलाई लिएर मोदी जीको बराबरीको प्रधानमन्त्री भनेर कसैलाई नराम्रो लाग्छ भने म के गरु ?’ ओलीले भनेका थिए ।  उनले दुई छिमेकीका बीचमा नेपालले सधै समान रुपमा तटस्थताको नीति लिन चाहेको बताएका थिए । ‘एउटाको कार्ड अर्काेमा हामी खेल्न चाहदैनौं । खेल्न खोजे यसले कसैको पनि भलाई गर्दैन् ।

तपाईसँग हामी कुनै कुरा गर्ने, कुनै कार्ड खेल्ने काम गर्छौं भने त्यो अर्काे दिन पत्ता लागिहाल्छ । त्यसैले कार्ड खेल्ने र छक्काउने काम बिल्कुल छोड्नुपर्छ । हामी त्यस्तो शैलीमा जान चाहदैनौं ’ ओलीले भने,–‘कसैको पक्ष लिने हाम्रो राजनीति होइन । हाम्रो राजनीति हो,–तटस्थताको । हामी दुवै छिमेकीसँग तटस्थताको नीतिमा रहन्छौं । दुवै देशका बीचमा वार्ता नभईरहेको भए हामी वार्ता शुरु गराउनका लागि कोसिस गर्न चाहन्छौं ।’ ओलीले नेपाल भारत सीमा समस्याका विषयमा आफुहरुले पटक पटक सम्वाद गर्न चाहेको भएपनि भारतबाट सकारात्मक जवाफ आउन नसकेको पनि बताएका थिए । ‘दिल्लील आफ्नो नक्सा जारी गर्यो । काश्मीर र लदाखको कुरा थियो । त्यसमा सिमित भएको भए हुन्थ्यो । तर नेपालको भूमि त्यसमा सामेल गर्नुपर्ने आवश्यकता थिएन् ।

हामीले त्यस नक्साको विषयमा कुटनीतिक नोट पठायौं । वार्ताको प्रस्ताव गर्यौं । यस विषयमा हामी दुई देशका बीचमा असमझदारी हुनु हुदैन । यसमा समझदारी कायम गर्न आवश्यक छ  । भारतले आठौं एडिसनमा छापेको जुन नक्सा छ, त्यो ठिक भएन भनेर हामीले भन्यौं । त्यसको कुनै सकारात्मक सम्बोधन हुन सकेन, ओलीले भने, –’फेरि बाटो बनाईयो हाम्रो भूमिमा । यसको उदघाटन गरियो । फेरि हामीले कुटनीतिक नोट पठायौं र भन्यौं, यो ठिक भएन, कुराकानीबाटै समस्याको समाधान खोजी गरौं । गलवानसँग के मतलव ? उसै बखत उदघाटन किन गरियो ? (हास्दैं) गलवानसँग हामीलाई किन जोडने ?’ 

उनले यति मात्र भनेनन् अबको चुनावबाट आफ्नो पार्टी नै ठुलो पार्टी बन्ने र आफु नै फेरि सायद प्रधानमन्त्रीको रुपमा आउने पनि बताए । ओलीले पार्टीभित्र चार महिनामा अध्यक्ष छोडन चाहेको, अर्काे चुनावबाट प्रधानमन्त्री छोड्न चाहेको बताएपनि जी न्यूजको अन्र्तवार्तामा भने उनले नेतृत्व गरेको पार्टी चुनावमा पहिलो दल बने फेरि पनि आफु नै प्रधानमन्त्री बन्ने सम्भावनाबारे पनि औंल्याएका थिए । उनले अन्र्तवार्तामा भनेका थिए,–‘अबको मे को चुनाव पछि पनि हाम्रो पार्टीले बहुमत ल्याउँछ मलाई विश्वास छ । एकदम कमजोर भएपनि ठूलो दल हाम्रो पार्टी नै हुन्छ । चुनाव पछि पनि सरकारको नेतृत्व मैले नै गर्नुपर्छ होला सायद । त्यसैले पनि म आस्वस्त पार्न चाहन्छु सबै साथीहरुको–चुनाव पछि नेपाल÷भारत सम्बन्ध अझ उचाईमा लैजानको लागि अरु ज्यादा योगदान गर्न पाउछु ।’
 

प्रतिक्रिया दिनुहोस