काठमाडौँ । नेपाली काँग्रेस दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग सामाजिक सञ्जाल बन्द र जेन जेड पुस्ताको प्रदर्शनका विषयमा सोमबार छलफल गरेका छन् ।
सभापति देउवालाई उनको निवास बुढानीलकण्ठमा पुगेर महामन्त्री थापा र शर्माले चार बुँदे प्रस्ताव राखेका छन् । उक्त प्रस्तावमा सभापति देउवा सकारात्मक रहेको काँग्रेस स्रोतले जानकारी गराएको छ ।
महामन्त्री थापा र शर्माले जेन जेड पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो लगायतमा सभापतिलाई जानकारी गराएका थिए ।
सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेको पर्ने हुँदा सरकारी निर्णय फिर्ता गर्नुपर्ने विचार दुई महामन्त्रीले सभापति देउवासँग राखेका थिए ।
सामाजिक सञ्जाल दर्ताका लागि सूचना जारी गरेर मात्र नहुने र कूटनीतिक प्रक्रिया पनि अघि बढाउनुपर्ने राय महामन्त्री थापा र शर्माले दिएका थिए । जेन जेड पुस्ताको भावना आत्मसात् गर्न सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने तर्फ दुई महामन्त्रीले सभापतिको ध्यानाकर्षण गराएका थिए ।
सभापति देउवाले दुई महामन्त्रीको सुझावलाई सकारात्मक रूपमा लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज वा भोलि नै संवाद गर्ने जानकारी गराएका थिए । सभापति देउवाले काँग्रेसबाट मन्त्री बनेकाहरूसँग पनि छलफल गर्ने जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुस्तकालय बनाउन ६० लाख दिन्छु भनेका साथी नफर्किएको गगनको गुनासो
शेखर–गगनबिच भेटवार्ता
शिक्षकका माग सम्बोधनका लागि गगन र विश्व सक्रिय, पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल