कोरोना संक्रमण बढेसंगै बेलायतमा कोरोना खोप सरकारद्धारा व्यापक वितरण

एजेन्सी

मंगलबार, २८ पुस २०७७, ०८ : ०२
कोरोना संक्रमण बढेसंगै बेलायतमा कोरोना खोप सरकारद्धारा व्यापक वितरण

एजेन्सी । बेलायतमा कोरोना संक्रमणदर नियन्त्रण बाहिर गएसंगै सरकारले कोरोना विरुद्धको खोपलाई व्यापक तुल्याएको छ  ।  हालसम्म २६ लाख ७५ हजार २१३ जनालाई कोरोना विरुद्धको खोप दिइसकेको स्वास्थ्य मन्त्रीले सोमबार जानकारी दिएका हुन् ।

हाल दिएका खोप्मध्ये २२ लाख ८६ हजार ५७२ जनाले खोपको पहिलो डोज मात्र लिएका छन् भने तीन लाख ८८ हजाए ६४१ जनाले खोपको दुईवटै डोज लिइसकेका छन् ।

सोमबारबाट बेलायतमा ठूलो सङ्ख्याम खोप वितरण गर्ने उद्देश्यले विभिन्न सातवटा स्थानहरुमा खोप सेवा शुरु गरेको छ । लन्डन, ब्रिष्टल, सर्रे, न्यूक्याशल, म्यानचेष्टर र बर्मिंगहाम जस्ता ठाउंमा ठूलो संख्यामा अखोप कार्य शुरु गरिएको छ ।

आगामी मध्ये फेब्रुअरीसम्ममा दुई हजार सात सय स्थानहरुमा खोप वितरण सेवा विस्तार गरिने र एकैहाप्तामा बीस लाख मानिसलाई  खोप दिने सरकारले बताएको छ । जसमा २०६ वटा अस्पताल, ५० भ्याक्सिनेशन सेन्टर र करिव एक हजार दुई सय स्थानीय भ्याक्सिन साइटहरु लगायतका पर्दछन । यो खोप वितरण कार्य इतिहाँसकै सबैभन्दा ठूलो भएको अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस