पृथ्वी जयन्तीमा झाँकी सहितको पदयात्रा

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, १६ : ०८
पृथ्वी जयन्तीमा झाँकी सहितको पदयात्रा

चितवन । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ ।

केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो ।

पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो । राप्रपा चितवनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले एक्यवद्धता जनाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस