काठमाडौँ । स्रोत नखुलेको झण्डै रु ३२ लाख नगदसहित सिरहा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी लकडीगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ३१ लाख ८९ हजार नगदसहित सिरहा नगरपालिका–२२ हक्पारा निवासी ३९ वर्षीय शिवनाथ यादवलाई पक्राउ गरेको हो ।
कपडाको झोलाभित्र सो रकम बोकेर ल्याएको अवस्थामा यादवलाई पक्राउ गरिएको र आवश्यक कारवाहीका लागि बरामद गरिएको नगदसहित यादवलाई सम्पत्ती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ पुस २०७७, १८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ