काठमाडौं । अमेरिकाले लामो समयदेखि अमेरिकी र ताइवानका अधिकारीबीच सम्पर्क माथि प्रतिबन्ध लगाएको थियो जुन अब हटाउन सकिनेछ ।अमेरिकाका विदेश मन्त्रालयले एक बयानमा चिनियाँ सरकारको तुष्टिकरणका लागि दशकौं अघि अमेरिकाले आफैं यो प्रतिबन्ध लगाएको जानकारी दिँदै अब यो नियम तोडिएको बताएको छ । यो कदमले चीन रिसाउन सक्छ र यसले अमेरिका–चीनबीचको तनाव बढ्ने आशंका गरिएको छ ।
ट्रम्प सरकारले आफ्ना अन्तिम दिनमा यो निर्णय लिएको छ । चीनले ताइवानलाई आफ्नै देशको एउटा हिस्सा मान्छ तर ताइवानका नेताले भने उनीहरुको मुलुक सार्वभौमसत्ता सम्पन्न देश भएको बताउने गर्छन् ।
अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले शनिबार भने, ‘आज म हामी आफैंले लगाएको प्रतिबन्ध हटाउने घोषणा गर्दछु । अब अमेरिका–ताइवानको सम्बन्धमा यस्तो प्रकारको प्रतिबन्धले कुनै अवरोध निम्त्याउने छैन ।’
अमेरिकी विदेशमन्त्रीले ताइवान एक जीवन्त लोकतन्त्र र अमेरिकाको एक विश्वसनीय साथी हो र यो प्रतिबन्ध अब वैध नभएको बताएका छन् । यो घोषणापछि ताइवानका विदेश मन्त्री जोसेफ वूले माइक पोम्पियोलाई धन्यवाद दिँदै यसका लागि आफू आभारी भएको बताएका छन् ।
उनले एक ट्वीटमा लेखे, ‘ताइवान र अमेरिकाबीच घनिष्ठ साझेदारी हाम्रो साझा मूल्य, समान हित र स्वतन्त्रता र लोकतन्त्रमा अटल विश्वासमा आधारित छ ।’ अघिल्लो अगस्टमा अमेरिकाका स्वास्थ्यमन्त्री तथा मानव सेवा मन्त्री एलेक्स अजार दशकौंपछि ताइवानमा बैठक आयोजना गर्ने पहिलो शीर्ष पदस्थ अमेरिकी राजनीतिज्ञ बने ।
चीनले आफ्नो जवाफमा अमेरिकालाई ‘एक चीन नीति’ को सिद्धान्तलाई सम्मान गर्न भनेको छ । अमेरिकाले ताइवानलाई हतियार पनि बेच्छ । यद्यपि, दुई बीच कुनै औपचारिक रक्षा सन्धि छैन जस्तै अमेरिकाको जापान, दक्षिण कोरिया र फिलिपिन्ससँग छ ।
चीन र ताइवान सन् १९४० को दशकमा एक गृहयुद्धका बेला अलग्गिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २६ पुस २०७७, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा चिनियाँ राष्ट्रपति सी जिनपिङले लेखेको पुस्तक जलाइएको घट्नामा चीनको ‘गम्भिर असहमति’
बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
मादुरोको गिरफ्तारी अमेरिकाको एकतर्फी दादागिरी हो : चीन
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?