काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर (लहरी)ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताउनुभयो ।
ठक्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ पुस २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
रुपन्देहीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु