काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारा जङ्गलमा भारतीय टेलर (लहरी)ले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–७ मा पर्ने सो सडकमा पूर्वतर्फ जाँदै गरेको युपी२२एटी १०८७ नंको लहरीले ना२१प ७५६५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज दिउँसो भएको सो दुर्घटनामा मृत्यु हुने मोटरसाइकल चालकको नाम, ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी–बर्दघाट–सुस्तापूर्व)का प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पठाइएको प्रवक्ता खाँणले बताउनुभयो ।
ठक्कर दिने लहरी, त्यसका चालक तथा मोटरसाइकल प्रहरीको नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २५ पुस २०७७, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर युवकको मृत्यु
पौडी सिक्न गएका बालकको डुबेर मृत्यु
माइक्रोको ठक्करबाट स्कुटर चालकको मृत्यु
खोलामा डुबेर दुई बालकको मृत्यु
ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु