संसद विघटनका विरुघ जनता समाजवादी पार्टीको एक साथ तिन शहरमा विरोध

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, १२ : ०५
संसद विघटनका विरुघ जनता समाजवादी पार्टीको एक साथ तिन शहरमा विरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनका विरुद्ध शनिबार जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज एक साथ तीन शहरमा विरोध सभाको आयोजना गर्ने भएको छ ।

विराटनगर, धनगढी र भैरहवामा आज जसपा नेपालले विरोधसभाको आयोजना गरेको छ । त्यसको वक्ता केन्द्रबाट नै खटिएका छन् ।

विराटनगरको सभाका लागि पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह प्रमुख वक्ताको रुपमा विराटनगर पुगि सकेका छन् भने धनगढीको सभाका लागि पार्टीका कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी र दुर्गा सोव पनि मुख्य वक्ताको रुपमा त्यहाँ पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस