राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन डेमोक्रेटिक पार्टीको तयारी

एजेन्सी

शनिबार, २५ पुस २०७७, ११ : ४४
राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउन डेमोक्रेटिक पार्टीको तयारी

अमेरिका  । अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोगको धारा अघि बढाउने योजना बनाएको छ । बुधबार संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनमा ट्रम्प जोडिएकाले यस्तो योजना बनाइएको हो । 

घटनापछि अमेरिकाको तल्ला सदन हाउसकी स्पिकर न्यान्सी पेलोसीले तत्काल राजीनामा नदिए ट्रम्पविरुद्ध महाभियोग लगाउन सकिने बताएकी थिइन् ।

प्रदर्शनका लागि उचालेको अभियोग तल्लो सदमा सोमबार डेमोक्रेटिकहरुले अघि बढाउने तय गरेका छ । संसद्मा भएको हुलदंगाका लागि ट्रम्पले प्रदर्शनकारीलाई उचालेको उनीहरुको आरोप छ । यस घटनामा पाँचजनाको मृत्यु भएको थियो ।  

नव निर्वाचित राष्ट्रपति जोड बाइडेनले महाभियोग प्रस्ताव संसद्ले निर्णय गर्ने विषय रहेको बताए । यद्यपी, ‘ट्रम्प राष्ट्रपतिको पद सम्हाल्न लायक छैनन्’ भन्ने आफुलाई लामो समयदेखि लागिरहेको उनले बताए । 
राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले महाभियोगबारेको विषय खण्डन गरेको छ । यो राजनीतिक रुपमा अघि बढेको कदम रहेको र यसले देशलाई थप विभाजनतर्फ लैजाने ह्वाइटहाउसले जनाएको छ । 

क्यालिफोर्नियाका कंग्रेसम्यान टेड लिउ र रोडी हाइल्यान्डका डभिड सिसिल्लीनिले महाभियोग प्रस्तावको मस्यौदा तयार पारको थिए र यसमा झन्डै तल्लो सदनका १ सय ६० जना डेमोक्रेटिक सांसद्हरुले हस्ताक्षर गरिसकेका छन् । 

यदि यो प्रक्रिया अघि बढ्यो भने तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग अघि बढाएको दोस्रो अवसर हुनेछ । डिसेम्बर २०१९ मा तल्लो सदनले संसद्मा अवरोध गरेको र पदको दुरुपयोग गरेको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग पारित गरेको थियो । तर सिनेटले फेब्रुअरी २०२० मा ट्रम्पलाई दुबै आरोपबाट मुक्त ग¥यो । 

अहिलेसम्म कोही पनि राष्ट्रपतिविरुद्ध दुुईपटक महाभियोग लागेको छैन । यद्यपी, विद्यमान सिनेटमा ट्रम्पको रिपब्लििकन पार्टी हाबी रहेकाले यो प्रस्ताव पारित हुने संभावना निकै कम देखिएको छ ।  
ट्रम्पले राष्ट्रपति पद छाड्न अब केवल ११ दिन छ । संसद्मा हुलदंगा भएपछि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न आफु तयार रहेको उनले जानकारी दिइसकेका छ ।