काठमाडौँमा श्रीमान श्रीमतीको शव फेला

सफल खबर संवाददाता

शनिबार, २५ पुस २०७७, ११ : ०८
काठमाडौँमा श्रीमान श्रीमतीको शव फेला

काठमाडौँ । काठमाडौँको टोखामा श्रीमान श्रीमतीको शव फेला परेको छ । सुर्खेत घर भई हाल टोखामा भाडामा बस्दै आएका एक दम्पतिको शव फेला परेको प्रहरीले जनाएको हो । 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार ३३ वर्षका उमेश केसीको शव बिस्तारामा पल्टेको अवस्था र उनकी श्रीमती ३३ वर्षकै सुदिक्षा गिरीको शव झुण्डिएको अवस्थामा भेटिएको थियो । 

उनका अनुसार उमेशको शरीरमा चोटपटक लागेको छ। घटनास्थलमा रगत लागेको सिलौटो समेत भेटिएकाले उमेशको हत्यापछि सदिक्षाले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

तर त्यसबारे अनुसन्धानपछि मात्रै भन्न सकिने प्रवक्ता विष्टले बताए। दुवैजनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको उनले बताए।

उमेश केही समय अघि मात्रै अमेरिकाबाट फर्केको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस