काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले पुस २५ गतेदेखि माघ ७ गतेसम्म दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
भोलि विराटनगर, धनगढी, भैरहवा आमसभाको घोषणा गरेको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज, जनकपुर, पुस २९ गते पोखरा, सुर्खेत, विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ ।
ती सबै कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु चयन गरेको छ । सबै कार्यक्रममा केन्द्रीय तहका लागि वक्ता खटाइएको छ । माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
भोलि हुने कार्यक्रमका लागि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य मृगेन्द्र सिंह यादव विराटनगर, कार्यकारिणी सदस्यहरु नवराज सुवेदी, गोविन्द चौधरी, दुर्गा सोव धनगढी र जसपा नेपाल अध्यक्ष महन्थ ठाकुर, कार्यकारिणी सदस्य महेन्द्रराय यादव र सर्वेन्द्रनाथ शुक्ला भैरहवा जाने भएका छन् ।
सरकारलाई संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा भंग गरिएको कार्य असवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्य रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताए । जनआन्दोलन, जनयुद्ध, मधेश जनविद्रोह लगायत विभिन्न खालको आन्दोलनबाट प्राप्त उपलब्धीलाई प्रधानमन्त्री ओलीले धारापमा पारेको बताउँदै उनले उनकै कदमको विरुद्धमा देशव्यापी कार्यक्रमका आयोजना गर्न लागेको बताए । लोकतन्त्रको रक्षाका लागि आन्दोलनबाहेक अरु कुनै विकल्प नरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ पुस २०७७, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल