मेलिना र हेमराजको हात्ती छाप चप्पल (भिडियो सहित)

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १२ : ५४
मेलिना र हेमराजको हात्ती छाप चप्पल (भिडियो सहित)

काठमाडौं । नेपालको पुर्बी पहाडी जिल्ला पाँचथर साविक ओयाममा जन्मिएका मदन सेलिङ लिम्बुले अभिनय र निर्देशनमा एकै पटक आफूलाई होम्याएका छन् । उनको अभिनय सहित पहिलो निर्देशकीय श्रृजनामा हात्ती छाप चप्पल बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

युवा युवतीहरुले अहिलेको र पहिलेको मानिसहरुको स्वभाव म पहिलेको अथवा होईन अहिलेको जस्ता शब्दहरु प्रयोग गरिएको यो मौलिक गीतमा मेलिना राई र हेमराज बेघा लिम्बुको स्वर रहेको छ ।

बचन बेघाको शब्द तथा संगीत रहेको गीतको भिडियो आकर्षक बनाउँन माया प्रेम, रोमान्स तथा हाँस्य विधालाई पनि अपनाईएको छ । गीतको भिडियोमा मदन सेलिङ लिम्बु, आशिष राई, प्रिती तामाङ, बिन्दु मगर, अस्मिता तामाङ लगायतका कलाकारहरुको दमदार अभिनय र नृत्य देख्न सकिन्छ । समूहमा रहेका अन्य नृत्य कलाकारहरुको नृत्यले पनि भिडियो आकर्षक बनाउँन सघाउ पुर्‍याएको छ ।

दिनेश माङ्मुको कोरियोग्राफी र मेघराज मग्रातीको छायाँकन रहेको भिडियोमा पुर्बेली युवा युवती जोडीको माया प्रेमको शैलीलाई पछ्याईएको छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस् :

https://youtu.be/sUFDVW-FTRk

प्रतिक्रिया दिनुहोस