एजेन्सी । हलिउड अभिनेत्री तान्या रोबट्र्सको निधन भएको छ । उनको सोमबार राती निधन भएको समाचार एजेन्सीले जनाएका छन् ।
केही दिन पहिले उनलाई गम्भीर हालतमा अस्पताल पुर्याइएको समाचार बाहिर आएको थियो । अहिले भने उनको निधनको समाचार बाहिरिएको छ । उनी ६५ बर्षकी थिइन् ।
फक्स न्युजका अनुसार तान्याको निधनको जानकारी उनका लन्च टाइम पार्टनर ओ ब्रायनले दिएका हुन् । तान्यालाई युटीआई इन्फेक्शन समस्या रहेको थियो । यस अगाडि पनि तान्याको निधनको समाचार बाहिर आएको थियो, जतिबेला उनी भेन्टिलेटरमा थिइन् ।
तान्याको असली नाम विक्टोरिया लीग ब्लम हो । उनले मोडलिङबाट करियर सुरु गरेकी थिइन् । उनले १९७५मा हरर फिल्म ‘फोस्र्ड एन्ट्री’बाट अभिनय डेब्यु गरेकी थिइन् । उनी ‘अ भियु टु अ किल’ मा अभिनेता रोजर मुरको अपोजिटमा देखिएकी थिइन् । उनी ‘बोन्ड गर्ल’ को नामले पनि परिचिति थिइन्, जुन फिल्म १९८५ मा रिलिज भएको थियो ।
यसको अलवा उनी कमेडी ड्रामा ‘नाइट आइज मुवी’ लगायतमा देखिएकी थिइन् । उनी पछिल्लो समय २००५मा कमेडी टिभी शो बार्बरमा देखिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २२ पुस २०७७, १७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘द कपिल शर्मा शो’ बन्द हुने
वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन
सुशान्त सिंहको सम्मानमा हुने भयो सडकको नामाकरण
बलिउडमा वर्दी लगाएर देखिएका अभिनेता, कुन फिल्म भयो हिट ?
नयाँ पुस्ताका कलाकारको भविष्य सुनिश्चितताको लागि रोयल्टीको व्यवस्थापन गर्नुपर्छ : मन्त्री मानन्धर
हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’