कोरोना संक्रमित भएपछि अभिनेत्री सन्धु एम्बुलेन्सबाटै गरिन भाग्ने प्रयास

एजेन्सी

बुधबार, २२ पुस २०७७, ११ : ०३
कोरोना संक्रमित भएपछि अभिनेत्री सन्धु एम्बुलेन्सबाटै गरिन भाग्ने प्रयास

एजेन्सी । अभिनेत्री बनिता सन्धु कोरोना संक्रमित भएकी छिन् । कोलकतामा रहेकी उनको गत सोमबार कोरोना टेष्ट भएको थियो । सोही क्रममा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनी कोलकता फिल्म ‘कविता एन्ड टेरेसा’ सुटिङको लागि पुगेकी थिइन् ।

कोरोनाको कारण उनलाई कोलकाताको एक सरकारी अस्पतालमा लगिएको थियो । उनले त्यहाँ भर्ना हुन अस्वीकार गरेकी थिइन् । समाचारको अनुसार उनले एम्बुलेन्सबाट भाग्ने कोसिस समेत गरेकी छिन् । जसको कारण अस्पताल प्रसासनले राज्य सचिवालय र स्वास्थ्य विभागलाई समेत सूचना दिएका थिए । यसको जानकारी ब्रिटिश हाइकमीशनलाई समेत दिइएको थियो ।

मामल गम्भिर भएको कारण पुलिस प्रसासन समयमै पुगेको थियो । पुलिसको सहयोगले उनलाई एक निजी अस्पतलामा भर्ना गरिएको छ ।बनिता २० डिसेम्बरमा कोलकाता पुगेकी थिइन् । उनी त्यहि प्लाइटमा थिइन् । जसमा म्युटेन्ट कोरोना भाइरसबाट संक्रमित मानिसहरु यात्रा गरिरहेका थिए । बनिताले फिल्म ‘अक्टुबर’बाट बलिउड डेब्यु गरेकी थिइन् । जसमा उनको अपोजिटमा बरण धवन थिए ।

उनी अहिले ‘कविता एन्ड टेरेसा‘ सुटिङ गरिरहेकी छन् । फिल्म स्विस इन्डियन फिल्म मेकर कमल मुसलले निर्देशन गरिरहेका छन् । यसको अलवा उनी ‘सरदार उद्यम सिंह’मा पनि देखिनेछिन् । 

प्रतिक्रिया दिनुहोस