लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सफल खबर संवाददाता

सोमबार, २० पुस २०७७, १३ : ०९
लाइसेन्सको फाराम भर्ने सर्भरमा समस्या देखियो, सेवा अवरुद्ध

सांकेतिक तस्विर

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको छ ।

यातायात व्यवस्था विभागका अनुसार सर्भरको मर्मतका लागि सोमबार एक दिन सेवा नै बन्द गर्ने निर्णय भएको छ । 

विभागको सूचनामा पनि ‘सवारी चालक अनुमतिपत्रको अनलाइन फारम सर्भरको मर्मतका लागि आज अनलाइन सर्भर बन्द’ गरिएको उल्लेख छ ।